हलखोरी गाविस–९ चकवाका सुनिल यादवकी २३ वर्षीया पत्नी रञ्जुदेवी यादवले दुई वर्षीया र अर्को चार महिने छोरीलाई छाडेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
गएराति दुवै छोरीलाई लिएर सुत्न गएकी रञ्जुदेवीले आफ्नै सुत्ने कोठाको पङ्खामा डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए।
पति गाडीको चालक रहेकाले कहिलेकाँही मात्रै घर आउने गरेको, सासु, ससुरा अर्को कोठामा सुतिरहेको अवस्थामा उनले आफ्नै कोठामा आत्महत्या गरेकी हुन्। रासस
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.