नागरिक दैनिकको समाचार अनुसार भूकम्पमा घाइते भएर वीरगञ्जको नेसनल मेडिकल कलेज भनाए गरिएकी एक महिलासँग चिकित्सकले बलात्कार प्रयास गरेको आरोप परिवारले लगाएको छ ।
शुक्रबार दिउँसो करिब साढे १२ बजे ‘एमआरआई’ शाखाभित्र चिकित्सक भरत गोइतले बलात्कार प्रयास गरेको महिलाका पतिले बताए ।

‘मैले ७ हजार तिरेपछि श्रीमतीलाई जाँच गर्ने कोठामा लिएर गए । बाहिर थिएँ, चिच्याएको सुने । श्रीमती भित्रबाट ढोका थपथपाउँदै थिइन्, म पुग्दा डाक्टरले आधा ढोका खोलेर मलाई उता जान भने । त्यही बेला मेरी श्रीमती चिच्याउँदै अर्धनग्न अवस्थामा निस्किईन्,’ महिलाका पतिले भने ।
उनका अनुसार भूकम्प आउँदा ३ वर्षे छोरालाई बचाउँदा उनको टाउकोमा चोट लागेको छ ।
01 May 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top