८ जेठ, काठमाडौं ।
भुकम्प प्रभावितहरुको राहत र पुर्नस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ अर्ब ६४ करोड १४ लाख ६६ हजार रुपैयाँ जम्मा भएको छ ।

कोषमा जम्मा भएको रकममध्ये १३ करोड ५७ लाख ३५ हजार रुपैयाँ शुक्रबार जम्मा भएको हो । कोषमा सभासद्हरुको एक महिनाको तलब जम्मा गरिएको छ ।

संसद् सचिवालयले सभामुख, उपसभामुख र सभासद्हरुको एक महिनाको तलब बराबरको २ करोड ३६ लाख १४ हजार ७ सय ३० रुपैयाँ शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।



कोषमा निक सिमोन्स् फाउण्डेशन न्युयोर्कले १० लाख अमेरिकी डलर अर्थात १० करोड १६ लाख रुपैयाँ, सांग्रिला विकास बैंकले २१ लाख ८५ हजार ३ सय ६२ रुपैयाँ तथा सरकारी कर्मचारीहरुले ११ लाख ९ हजार १ सय ७५ रुपैयाँ सहयोग गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार सरकारी कर्मचारीहरुले भुकम्प प्रभावितहरुका लागि कोषमा हालसम्म ३२ करोड २ लाख ८४ हजार ९ सय २४ रुपैयाँ सहयोग गरिसकेका छन् ।


22 May 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top