काठमाडौँ, २५ वैशाख - आज दोलखा र सिन्धुपालचोकलाई केन्द्र विन्दु बनाएर फेरी आर्को धक्का महशुस गरिएको छ। विहान ६ वजेर १५ मिनेट जादा ५ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको हो।

१२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टरस्केलको ठूलो भूकम्प गएकाले साना भूकम्प जानु स्वभाविक भएको भूगर्भविद्हरुले बताएका छन्।

यसरी साना भूकम्प गइरहँदा ठूलो भूकम्प जाने संभावना नभएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले बताए । वैशाख १२ गतेको भूकम्पपछि लगातार जसो साना भूकम्पहरु गइरहेका छन्।

Post a Comment

 
Top