काठमाडौं, ११ जेष्ठ - सोमबार बिहानै गोरखालाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ। सोमबार बिहान ३ बजेर २३ मिनेटमा गोरखालाई केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्यूटको भूकम्प गएको हो।

मकवानपुर, धादिङ, गोरखा, नुवाकोट, लमजुङ र काठमाडौं उपत्यकासम्म महसुस हुने गरि भूकम्प गएको थियो। बिहानै भूकम्प गएपछि मानिसहरु त्रसित भएको तर कुनै क्षति नभएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

हिजो आइतबार बिहानदेखि दिउँसो १ बजेसम्म चारपटक भूकम्पको धक्का महुसुस भएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार दिउँसो १२:५५ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.४ म्याग्निच्यूटको भूकम्प, यसअघि सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु भएर ११:४६ बजे ४.२ म्याग्निच्यूट, १०:३८ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.४ म्याग्निच्यूट र बिहान ७:०६ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो।

24 May 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top