जादुगरहरुले मुख तथा जिउका अन्य भागमा विभिन्न खाले केमिकल्स हालेर कृत्रिम आगो निकालेको त हामीले देखेकै छौँ । कोही मानिसको सरीरबाट साँच्चीकै आफै आगोको ज्वाला निस्केको भने अहिलेसम्म सुनिएको वा देखिएको थिएन । तर भारतमा एक जना बच्चाको जिउबाट भने आफै आगोको ज्वाला निस्किरहेको छ ।
भारतको चेन्नइ सहर नजिकै पर्ने वेल्लपुरम गाउँमा एक बच्चाको जिउबाट आगोको ज्वाला निस्कन थालेपछि सबै आश्चर्यमा परेका छन् ।राहुल नामका ती बालकका अभिभावकले आफ्नो छोरा जन्मिएको ९ दिनदेखि नै उसको जिउबाट आफै बेलाबेलामा आगो बल्न थालेको दाबी गरेका छन् । ती बालकको जन्म गएको जनवरी ९ तारेखमा भएको थियो ।
ती बालकको सरीरमा विभिन्न ठाउँमा जलेका खत तथा घाउ छन् । के कारणले गर्दा उनको सरीरमा आगो निस्केको हो भन्ने विषयको कारण भने डाक्टरहरुले पनि पत्ता लगाउन सकेका छैनन् ।ती बालकको सरीरको छालाबाट निस्कने ग्यासको कारण त्यसरी आगो निस्केको हुनसक्ने अनुमान गरिएको छ । तथापि यसको खास कारण पत्ता लगाउन डाक्टरहरुले अनुसन्धान गरिरहेका छन् ।
उक्त बच्चालाई किलपाल मेडिकल कलेज अस्पतालमा विशेष निगरानीमा राखेर उपचार सुरु गरिएको छ । अस्पतालको आइसियुमा चौबिसै घण्टा स्वचालित क्यामराबाट बच्चाको निगरानी सुरु गरिएको छ । उक्त बच्चाको उपचार तथा जल्नुको कारण पत्ता लगाउन ५ जना डाक्टर खटिएका छन् ।
Related Posts
- late King Birendra01 Jul 20150
Coming to the throne of Nepal at the age of 27 King Birendra (born 1945) sought to emphasize econo...Read more »
- ओ माई गड!!!! केटाहरु पनि के के सम्म गरेका होलान् केटिलाइ इम्प्रेस पार्न ! (हेर्नुपर्ने भिडियो)30 Jun 20150
In the video there are certain tricks that are sure to make anyone impress that either be a girl or ...Read more »
- काफल किन खाने, थाहा पाऔ यसका ९ फाइदा...30 Jun 20150
Bayberry is one of the famous hilly fruit which is mostly found in summer season. It has sour and sw...Read more »
- ४३ लाख किचन सामग्री खोइ ?30 Jun 20150
काठमाडौं, असार १६ । नेपालका प्रत्येक भूकम्पपीडित परिवारलाई पुग्नेगरी विभिन्न विदेशी संघ संस्था...Read more »
- यातायातका दुई कर्मचारी घुससहित पक्राउ30 Jun 20150
पोखरा, १५ असार । पोखरास्थित यातायात व्यवस्था कार्यालय गण्डकीका दुई कर्मचारीलाई घुससहित पक्राउ परेका ...Read more »
- अव नेपालमा ८०० भन्दा बढी सांसद, मन्त्रीहरुको संख्या १०० भन्दा धेरै !30 Jun 20150
काठमाडौँ । देश सानो भएपनि ठूलो सँख्यामा सभासद् देशले पालिरहेको छ । अव वन्ने नयाँ संविधानमा पनि...Read more »
Subscribe to:
Post Comments (Atom)
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.