सैफअली खानसंग बिबाह गरेकी नायिका करिना कपुरले ५ दिनसम्म अर्का नायक अर्जुन कपुरलाई लोग्ने मान्नु पर्ने भएको छ । निर्देशक आर बाल्किको नयाँ चलचित्रमा मुख्य भुमिकामा अनुबन्ध भएकी करिनाले अर्जुनलाई श्रीमान् मानेर मात्रै हुँदैन । झगडालु श्रीमती बनेर किचकिच पनि गर्नुपर्ने हुन्छ ।

यस चलचित्रमा अर्जुन र करिना

बिबाहित जोडीका रुपमा प्रस्तुत भएका छन् । तर, चलचित्रभित्र उनीहरुको सम्बन्ध कहिल्यै राम्रो हुँदैन । श्रीमान् श्रीमती विचको झगडालाई जीवन्त रुपमा प्रस्तुत गर्न भन्दै निर्देशकले ५ दिनसम्म अर्जुन र करिनालाई एउटै कोठामा थुन्ने भएका छन् । जुन कामका लागि करिना र अर्जुनले अनुमती पनि दिएका छन् ।भारतीय समाचार संस्थाले जनाएअनुसार सुटिङ हुनु अघिको ५ दिनसम्म करिना र अर्जुन एउटै कोठामा बसेर यसरी बाझ्ने छन् मानौ, उनीहरु यती दुष्ट श्रीमान् श्रीमती हुन् जो कहिल्यै मिल्दैनन् । करिना र अर्जुनलाई राख्नकै लागि आफ्नै अफिसमा उनले बिशेष कोठा समेत निर्माण गरेका छन् । Source: Online khabar.com

Post a Comment

 
Top