मुम्बाई, असार ५ – ‘विश्व योगा दिवस’ को अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व रेकर्ड बनाउने तयारी गरिरहँदा भारतीय विवादास्पद् नायिका तथा मोडल पुनम पाण्डेले पनि योगाको भिडियो सार्वजनिक गरेकी छिन् । विश्व योगा दिवसकै तयारीका लागि तयार गरिएको उक्त भिडियोमा उनी विभिन्न आशनमा योग गरिरहेको देख्न सकिनेछ । यसलाई उनले ‘योगा इन पुनम पाण्डे स्टाइल’ नाम दिएकी छिन् । उनले आफ्नो योगाको विभिन्न आसनको नाम पनि राखेकी छिन् । जसमा डगी स्टाइल आसन, ब्रेस्ट आसन र हिप्स डन्ट लाई आसन रहेका छन् । २४ वर्षीय पुनमले भिडियोको शुरुवातमा बाबाको हवाला दिँदै भनेकी छिन्, ‘मैले सुनेको थिएँ, कुनै बाबाले योगाले नै हुन्छ भनेको …. अब हेर्नुहोस् आज योगाले के हुन्छ ।’ उनको यो भिडियो इन्टरनेटमा भाइरल बनेको छ । उनी यसरी समाजिक सञ्जालमा भाइरल बनेको पहिलो पटक होइन । यसअघि पनि भारतीय क्रिकेट टिमले विश्वकप जिते नग्न बन्ने घोषणा गरेपछि उनले एकाएक चर्चा कमाएकी थिइन् । -
21 Jun 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top