मिडिया एनपी, काठमाडौं, २ असार । विशेषगरी शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको हिमानी ट्रष्टको योजना मुलुकमा भूकम्प आएसँगै परिवर्तन भएको छ ।

गत बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्पले मुलुकका केही जिल्लाहरु ध्वस्त भएपछि ट्रष्टको योजना परिवर्तन भएको हो । ट्रष्टले बुधबार काठमाडौंमा पत्रकार सम्मेगलन गरी शिक्षा सहित अब मुलुक निर्माणमा नै लाग्ने जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा ट्रष्टकी अध्यक्ष हिमानी शाहले यसअघि विशेष गरी शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको भएपनि अब मुलुकको सबै क्षेत्रमा सहयोग गरी देश निर्माणमा लाग्ने जानकारी दिएकी हुन् ।

‘जागरुक समाज, उज्जवल भविश्य’ भन्ने नाराका साथ ट्रष्ट अघि बढिरहेको जानकारी दिएकी पूर्वयुवराज्ञी समेत रहेकी हिमानी शाहले एक नेपालीले अर्काे नेपालीले सहयोग गर्नु पर्ने बताइन् । उनले सबैजनालाई एक जुट भएर मुलुक निर्माणमा लाग्न समेत आह्वान गरिन् । भूकम्पका कारण आहातमा रहेको मुलुकलाई सबैजना मिलेर पुनर्निर्माण गर्नुपर्ने अध्यक्ष शाहको भनाइ छ ।

यसैगरी पत्रकार सम्मेलनमा ट्रष्टकी कार्यक्रम संयोजक मञ्जु शाहले सुरुवात देखि नै भूकम्प प्रभावित क्षेत्रमा गएर पीडितहरुलाई राहत वितरण गरेको जानकारी दिइन । उनका अनुसार भूकम्प प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, धादिङ, नुवाकोट, गोरखालगायतका जिल्लामा राहत वितरण गरिएको छ ।

उक्त जिल्लाका करिब २२ स्थानका भूकम्प पीडितलाई खाद्यान्न, लत्ताकपडा, कम्बल, त्रिपाल, जस्तापाता, पानी ट्यांकी, पानी शुद्धीकरण औषधि, नगद लगायतका राहत सामाग्री वितरण गरेको भन्दै उनले भूकम्पका कारण मानसिक त्रासमा रहेका बालबालिकाहरुलाई लक्षित गरी बालमैत्री कार्यक्रम गर्नुका साथै उनीहरुलाई शैक्षिक र खेलकुदका सामाग्री समेत वितरण
17 Jun 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top