अस्पताल सञ्चालनका लागि त्रिवि र नेपाल नेत्रज्योति संघबीच बुधबारम्स झौता भएको छ। करिब दुई अर्ब रुपैयाँ लगानीमा बन्न लागेको उक्त अस्पतालको एक वर्षभित्र निर्माण कार्य सरु गर्ने योजना रहेको संघका अध्यक्ष डा. तीर्थप्रसाद मिश्रले बताए। केन्द्रले नेपालमै पहिलोपटक सामुदायिक अफथालमोलोजी कार्यक्रम सुरु गर्ने भएको छ। सो विषय अध्ययनका लागि नेपाली विद्यार्थी भारत वा अमेरिका धाउनुपर्ने बाध्यता थियो।
मिश्रका अनुसार केन्द्रमा अप्ट्रोमेटिस्ट, अप्थाल्मिक नर्सलगायत आँखा स्वास्थ्य सेवासम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य राखिएको छ। अस्पतालका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न कीर्तिपुरस्थित त्रिवि परिसरको चार कि ल्ला क्षेत्रभित्र पर्ने करिब १० रोपनी जग्गा उपलब्ध गराइएको छ।
नेपालमा बर्सेनि नयाँ ५० जना नेत्र विशेषज्ञ सेवामा खटिए उपचारबाट निको हुने अन्धोपनको समस्या न्यूनीकरणमा सहयोग मिल्ने विभिन्न अध्ययनले देखाइरहेका बेला उक्त अस्पताल सञ्चालनमा आउन लागेको हो।
हाल बर्सेनि २२ जना नेत्र विशेषज्ञ उत्पादन भइरहेका छन्। संघका संरक्षणक एवं आँखा रोग विशेषज्ञ डा. रामप्रसाद पोखरेलले नेपालमा दैनिक एक सय २५ जना मानिस दृष्टिविहीन गरेको बताए।
सरकारले अबको पाँच वर्षभित्र अन्धोपनाको समस्या शून्यमा झार्ने लक्ष्य राखेकाले त्यो चुनौती पार गर्न उक्त अस्पतालले ठूलो भूमिका निर्वाह गर्ने पोखरेलको विश्वास छ। ‘नेपाली आँखा क्षेत्रमा पहिले र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको छ।
@ अन्नपूर्ण पोस्ट
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.