नेपालमा हालै आएका भूकम्पबाट प्रभावित भएकाहरुको लागि सहयोग उपलब्ध गराएका हलिउडका चर्चित अभिनेता ज्याकी चाङले भूकम्प पीडितहरु रहेका शिविरमा पुगेर सहयोग गरेका छन् । मंगलबार बिहान ११ बजेर ५० मिनेटमा काठमाडौंमा आइपुगेर सोल्टी होटेलमा खाना खाएपछि चाङले ललितपुरको जावलाखेलमा बसेका शारीरिक अपांग भएका ६० जना भूकम्प पीडितहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने सामाग्री दिएका थिए ।

रेडक्रस मार्फत नेपाली भूकम्प पीडितहरुका लागि एक करोड दुई लाख रुपैयाँ उपलब्ध गराएका मार्सल आट्र्सका ज्ञाता समेत रहेका चाङ आफूले गरेको सहयोगले भइरहेका काम लगायतका विषयमा जानकारी लिन काठमाडौं आएका श्रोतको भनाइ छ ।
उनी मंगलबारै फर्किने कार्यक्रम रहेको श्रोतले बताएको छ ।






Post a Comment

 
Top