तपाईको घरमा पालिएको बिरालोको आम्दानी कती छ यो प्रश्नले तपाई दंग पर्नुभएको छ होला तर एउटा यस्तो बिरालो पनि छ यो संसारमा जो विश्वकै सबैभन्दा धनी तथा चर्चित बिरालो हो ।

सायद यति धनी त विश्वका करोडौँ मानिस पनि छैनन् होला । चोपेट लेजर फिल्ड नामको यो बिरालोले अघिल्लो वर्ष एक टेलिभिजन शो मा काम गरेर झण्डै ३५ करोड रुपैयाँ जति रकम कमाउन सफल भएको छ । यो बिरालोको अहिले पनि वार्षिक कमाइ औषतमा पुग नपुग ३० करोड रुपैयाँ छ ।

यो भाग्यमानी बिरालो हो जर्मनीको । यो बिरालोको सेवागर्नका लागि दुइ जना महिला कर्मचारी खटाइएका छन् । देशभित्र होस् वा विदेश यात्रा यो बिरालो आफ्नै निजी बिमानमा उड्छ ।

३ वर्षको चोपेटको सबैभन्दा ठूलो पहिचान यो बिरालो विश्वविख्यात जर्मन फेसन डिजाइनर कार्ल लेजरफिल्डको बिरालो हो । यो बिरालो सदैव लेजरफिल्डकै साथमा हुन्छ ।

यो बिरालोको आफ्नै इन्टाग्राम र ट्विटर अकाउण्ट रहेको छ । एक अन्तरवार्ताका क्रममा बिरालोका मालिक ८१ वर्षीय कार्ल आफ्नो बिरालोले गएको वर्ष केबल दुइवटा काम गरेर ३० लाख युरो कमाएको बताउँछन् । जापानी ब्युटी प्रडक्टका साथै जर्मन कारको विज्ञापनमा यो बिरालो खेलेको छ । तर उनले आफ्नो बिरालोलाई खानेकुराको विज्ञापनमा भने नखेलाउने बताउँछन् ।

संसारमा मान्छेलाई धनी कसरी हुने भन्ने पिरलो छ कती मानीस हात नङ्ग्रा खियाउदा पनी टन्न पैसा कमाउन सक्दैनन् तर यस्तो बिरालो जो मान्छे भन्दा पनी धेरै कमाउछ । सायद यसैलाई भनीन्छ विचित्रको खबर ।

Post a Comment

 
Top