दक्षिण कोरिया, जेठ १ - दक्षिण कोरियामा काम गर्ने कम्पनीमा जलेर एक नेपालीको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । दाङ जिल्ला रामपुर ४ गदवा घर भएका अति उल्लाह खानको काम गर्ने कम्पनीमा जलेर ज्यान गएको हो ।
फेन्थेकमा कार्यरत खानको शुक्रबार अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । ६ महिनाअघि कोरिया आएका उहाँ फेन्तेक फोङजन पिछल नामक आल्मुनियम सम्बन्धी कम्पनीमा कार्यरत हुनुहुन्थ्यो ।
एउटै साहुको अर्को कम्पनीमा काम गरिरहेका उहाँ २ हप्ताअघि मात्र दुर्घटना भएको कम्पनीमा कामका लागि आएको सँगै कार्यरत गोविन्द चौलागाईंले जानकारी दिनुभयो ।
आल्मुनियम सम्बन्धी काम भएपनि खानको कार्यस्थल त्यति खतराजन्य नपाएको चौलागाईको बुझाई छ । अकस्मात केहि विस्फोट भए जसरी खानको शरीर जल्न पुगेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै चौलागाईंले जानकारी दिनुभो ।
घटनाको बारेमा कोरियन सुरक्षा निकायले अनुसन्धान गरिरहेको छ । घटनाको बारेमा कोरियास्थित नेपाली दुतावासले आधिकारीक जानकारी दिएको छैन । श्रोतका अनुसार नेपाली दुतावाका प्रतिनिधि घटना स्थल पुगिसकेका छन ।
खानसँगै काम गर्ने बारा हरैया ५ नयावस्तीका ३९ वर्षका हरि सुवेदी गम्भीर घाईते हुनुभएको छ । उहाँको उपचार भइरहेको छ ।
Post a Comment