काठमाडौँ, २ जेठ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भूकम्पले एसएलसी परीक्षाको नतिजा प्रकाशनमा कुनै असर नगर्ने जनाएको छ । हालै गएको विनाशकारी भूकम्पले उत्तर पुस्तिका परीक्षणमा असर नपारेको र सबै उत्तर पुस्तिका सुरक्षित रहेकोले परीक्षाफल निर्धारित समयमै प्रकाशन हुने परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले वताए ।
भूकम्पले परीक्षार्थीको उत्तिर पुस्तिका पुरिएको हल्ला निराधार रहेको स्पष्ट पार्दै उनले एसएलसीको उत्तर पुस्तिका सबै सुरक्षित रहेको बताए । परीक्षा सञ्चालन भएको तीन महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने परम्परा अन्तर्गत गत चैत्र ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा असार दोश्रो हप्तासम्म प्रकाशित गरिसक्नुपर्नेछ । असार पहिलो साताभित्र नतिजा प्रकाशन गर्ने तयारी भएको छ ।

Post a Comment

 
Top