दोलखाको जुगु गाविस–३ का एक बालकको आफैँले बनाएको खेलाँैना बन्दुक (हतियार) पड्काउँदा मृत्यु भएको छ । ती बालक हु्न्, १२ वर्षीय पृतम जिरेल । पृतम कक्षा ८ मा पढ्थे । उनको परिवारको भनाई अनुसार उनी सानैदेखि बन्दुकका विषयमा चासो गरिरहन्थे । सेना, प्रहरी र द्वन्द्वकालमा (माओवादी) ले समेत बन्दुक बोकेको देखेका पृतमले भरुवा बन्दुकको आकार तयार गरेछन् । बन्दुकको आकार तयार भएसँगै बन्दुकको नालको रूपमा प्रयोग गरिएको ‘डिसहोम’को फलामको पाइपमा सलाइको बारुद भरेर नालभित्र हालेर पड्काउँदा उनको ज्यान गएको हो । उनको मृत्यु नै उनले प्रयोग गरेको डिसहोमको पाइप भरेको सलाईको बारुद र फलाम बन्यो । बारुद रहेको फलामको पाइपमा सलाई कोरेर बाल्दा पाइप टाउकोतिर पड्कँदा पृतमले ऐया समेत भन्न पाएनन् । उनको टाउको पाइपले छेडेको छ । उनले खेलौना हतियार (बन्दुक) बनाउन काठ, काँटी, डिसहोमको पाइप, सलाइको बारुद प्रयोग गरेको पनि प्रहरीले जनाएको छ । पृतमका बुवा विनोद जिरेल भन्छ्न्, “छोरो हिजोआज विद्यालय राम्रोसँग सञ्चालनमा नआएका कारण साथीभाइसँग खेल्न जान्थ्यो, हामीले खासै चासो गरेनाँै, तर आज खेल्न पठाउँदा ज्यान गयो ।” पृतमको शव चरिकोटमा पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
Related Posts
- late King Birendra01 Jul 20150
Coming to the throne of Nepal at the age of 27 King Birendra (born 1945) sought to emphasize econo...Read more »
- ओ माई गड!!!! केटाहरु पनि के के सम्म गरेका होलान् केटिलाइ इम्प्रेस पार्न ! (हेर्नुपर्ने भिडियो)30 Jun 20150
In the video there are certain tricks that are sure to make anyone impress that either be a girl or ...Read more »
- काफल किन खाने, थाहा पाऔ यसका ९ फाइदा...30 Jun 20150
Bayberry is one of the famous hilly fruit which is mostly found in summer season. It has sour and sw...Read more »
- ४३ लाख किचन सामग्री खोइ ?30 Jun 20150
काठमाडौं, असार १६ । नेपालका प्रत्येक भूकम्पपीडित परिवारलाई पुग्नेगरी विभिन्न विदेशी संघ संस्था...Read more »
- यातायातका दुई कर्मचारी घुससहित पक्राउ30 Jun 20150
पोखरा, १५ असार । पोखरास्थित यातायात व्यवस्था कार्यालय गण्डकीका दुई कर्मचारीलाई घुससहित पक्राउ परेका ...Read more »
- अव नेपालमा ८०० भन्दा बढी सांसद, मन्त्रीहरुको संख्या १०० भन्दा धेरै !30 Jun 20150
काठमाडौँ । देश सानो भएपनि ठूलो सँख्यामा सभासद् देशले पालिरहेको छ । अव वन्ने नयाँ संविधानमा पनि...Read more »
Subscribe to:
Post Comments (Atom)
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.