काठमाडौं: सुन लुट्न हिंडेका माओवादीका पूर्व लडाकु सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रोल्पाका जयबहादुर घर्ति, खेम प्रकाश बुढामगर, गणेन्द्र बहादुर घर्ति र गोर्खाका सुमन गरुङ छन्।पक्राउ मध्ये जयबहादुर पूर्व लडाकु हुन् भने गुरुङ नेपाली सेनाका भगौडा सिपाही हुन्।महानगरीय प्रहरी वृत्त बालाजुले बा ६ च ११५ नम्बरको मारुती कार सहित मुड्खु भञ्ज्याङबाट सोमबार साँझ पक्राउ गरेको हो।

उनीहरुबाट प्रहरीले एक थान मेड ईन यूएसए लेखिएको पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोली समेत बरामद गरेको छ। बालाजु वृत्तका प्रमुख डिएसपी अर्जुन रानाभाटका अनुसार यो समुह बालाजुमा सुन लुट्नयो योजनामा थिए। उनीहरुले उक्त हतियार भारतबाट खरिद गरेर ल्याएको बयान प्रहरीलाइ दिएका छन्।त्यसैगरी बालाजु प्रहरीले करिब एक किलो यार्सागूम्बा सहित नुवाकोट ककनीका कुमार लामालाई पक्राउ गरेको छ।

लामाले बिक्रीका लागि ग्राहक खोज्ने क्रममा प्रहरीले पक्राउ गरेको हो। सोमबार साँझ शेषमति पूल अगाडी चेकिङको क्रममा बा ३४ प ३८७९ नम्बरको मोटरसाइकलमा आएका तामाङ नौ सय १५ ग्राम यार्सा सहित पक्राउ परेका हुन्। तामाङले उक्त यार्सा कहाँबाट ल्याएको भन्ने बताउन नसकेपछि अवैधरुपमा बिक्रीका लागि हिंडेको पुष्टी डिएसपी रानाभाटले गरे।
30 Jun 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top