१५ असार काठमाडौं । कुनै समय सुर्ति खाएर कार्याक्रम स्थलमै थुकेर निकै विवादीत बनेका कृषि मन्त्रि हरिप्रसाद पराजुलीको अर्को अस्लिल हर्कत सार्वजनिक भएको छ ।
असार १५ को अवसरमा आयोजित कार्यक्रममा उनले महिलालाई जबरजस्ति अंगालो हाल्दै किस गर्न खोजेपछि महिलाहरुको भागाभाग भएको थियो ।
कृषि विभागले धान दिवसको अबसरमा काठमाडौंको मुलपानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री पराजुलीले यस्तो अश्लिल हर्कत देखाएका हुन् ।
रोपाइँमा रमाइलो गर्ने नाममा उनी कार्यक्रममा सहभागी महिलाहरूलार्इ जबरजस्ती अंगालो हाल्न पुग्दा महिलाहरुबीच भागाभाग चल्ने गथ्र्यो ।
पूर्व चिनजानको दावी गर्दै उनी अगाडी देख्ने महिलालाई जबरजस्ति अंगालो हाल्ने गर्थे ।
सँगै रहेका उनका नीजि सुरक्षा गार्ड मन्त्रीको रमिताबाट मुर्छा परेर हासेका देखिन्थे । हिलाम्य कपडामा ठूलो ह्याट लगाएर निकै उत्तेजक बन्दै मन्त्री महिला समाउँदै दौडिन थालेपछि कार्यक्रममा महिलाहरुको भागदौड नै मच्चिएको थियो ।
‘मन्त्रीले छाडा बोका जस्तो हर्कत देखाए ।’ कार्यक्रममा पुगेका एक सहभागी भन्दै थिए ‘हामी देख्नेलाई पो लाजै मर्नु भयो ।’


Post a Comment

 
Top