जेठ ३० , मुम्बई । ‘किक-२’ मा ज्याकलिन फर्नाडिज नभएको चर्चा हुने बित्तिकै बलिउडमा एउटा हल्ला चल्यो । सलमान र ज्याकलिनको सम्बन्ध राम्रो छैन ।

किक-२ मा ज्याकलिन नहुनुको कारण सलमान नै हो भन्ने धेरै थिए । ज्याकलिनसँग सम्बन्ध बिग्रेकाले स्थान नदिएको आरोप पनि लाग्यो सलमानलाई ।

सलमानले आफुलाई वेवास्ता गरेको ज्याकलिनलाई पनि थाह थियो । किकका विषयमा केही समय मौन रहेकी ज्याकलिनले अहिले भनेकी छिन ‘हरेक फिल्ममा सुपरस्टारसँग काम गर्न पाउनुपर्छ भन्ने छैन । किकमा म नभएपनि मलाई खासै फरक पर्दैन ।’

अर्काे एक प्रसंगमा सलमान खानले आफ्नो लागि धेरै सहयोग गरेको भन्दै उनको सहयोग कहिल्यै नभुल्ने बताए । प्रदर्शन हुन बााकी रहेको फिल्म ‘ब्रदर्श’ को विषयमा उनी निकै उत्साहित छिन् । अनलाइन खबरबाट

Post a Comment

 
Top