३० जेठ, काठमाडौं । नेपाली सेनाले संखुवासभा र ताप्लेजुङको पहिरो प्रभावित क्षेत्रबाट शनिबार ४६ शना उद्धार गरेको छ ।

बाढी तथा पहिरोबाट प्रभावित संखुवासभामा नेपाली सेनाको लान्सर हेलिकप्टरबाट शनिवार ३८ जनालाई उद्दार गरी सुरक्षित ठाँउमा स्थान्तरण गरिएको सैनिक जनम्पर्क निर्देशनालयले जनाएको छ ।

ताप्लेजुङको पहिरोमा परी घाइते भएकाहरुलाई धरानस्थित बि पि मेमोरियल अस्पातलतर्फ लैजाँदै सुरक्षाकर्मीहरु । तस्वीरः एपीएफ

जसमध्ये ३२ जनालाई पावाखोला गाविसको काङ्गदुवाबाट पाथिभराको सीमा इलाकामा र ६ जनालाई काङ्गदुवाबाट पाँचपोखरी इलाकामा उद्दार गरिएको छ ।

यस्तै ताप्लेजुङको लिवाङ र खोक्लिङमा पहिरोमा फरेका ६ जनाको उद्धार गरी थप उपचारका लागि जिल्ला सदरमुकाम पुर्याएको जनाएको छ ।

बुधबार राति पहिरो आएपछि अहिलेसम्म ताप्लेजुङ्गबाट १७ जनालाई सकुशल हवाई उद्दार गरिएको सेनाले जनाएको छ ।

पहिरोमा पुरिएका ३५ वटा शवहरुको उत्खनन् गरिएको छ । दुई अघि अविरल वर्षासँग आएको पहिरोमा परी लिङ्गतेपका ४ जना, खोक्लिङ्गका ३, लिवाङ्गका ९, थिङलाबुका १७ र सान्थाक्रा गाविसका २ जना गरी जम्मा ३५ को मृत्यु भएको छ ।

नेपाली सेनाको एलुवेट हेलिकप्टरबाट बाढी पहिरोबाट विस्थापित परिवारका लागि ताप्लेजुङ्गको लिवाङ्ग, खोक्लिङ्ग र थिङ्गलाफ गाविसमा ४ फ्लाइट राहत सामग्री पुर्‍याएको नेपाली सेनाले जनाएको छ । अनलाइन खबरबाट

Post a Comment

 
Top