पोखरा, १५ असार । पोखरास्थित यातायात व्यवस्था कार्यालय गण्डकीका दुई कर्मचारीलाई घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरूले दुई कर्मचारीलाई दश हजार रुपियाँसहित पक्राउ गरेका हुन् ।
घुससहित पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालयका लेखाअधिकृत गोविन्दप्रसाद बराल र लेखापाल नारायणहरि शर्मा रहेको आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराले जनाएको छ ।
बराल र शर्मालाई आयोगमा कार्यरत प्रहरी नायब उपरीक्षक श्यामकुमार राईको टोलीले १० हजार घुससहित रंगेहात पक्राउ गरेको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुह्स :

Post a Comment

 
Top