काठमाडौँ । देश सानो भएपनि ठूलो सँख्यामा सभासद् देशले पालिरहेको छ ।  अव वन्ने नयाँ संविधानमा पनि सभासद् संख्या नघट्ने मात्र हैन अझ बढेर ८ सय भन्दा बढी सभासद्हरु हुने भएका छन् ।
आठ प्रदेश रहने मस्यौदा तयार भएको अवस्थामा ५सय भन्दा बढी प्रदेशसभामा सदस्यहरु बन्नेछन् भने केन्द्रीय प्रतिनिधि सभामा २७५ र राष्ट्रिय सभामा ४५ गरी ३२० सांसद रहेने छन् । जुन अहिले संविधानसभामा रहेको भन्दा कम हो ।
संविधान मस्यौदा समितिको उच्चस्तरीय कार्यदलले तयार पारेको संविधानको पहिलो एकीकृत मस्यौदामा प्रदेश सभाहरु २१ देखि ४५ सदस्यीय हुने उल्लेख थियो । तर, यसलाई एकाएक बढाइएको छ ।
मंगलबार संविधानसभामा पेश हुने संविधानको मस्यौदामा प्रदेशहरुको नाम र सीमाजस्तै प्रादेशिक सांसदको संख्या पनि खाली राखिएको छ । २१ देखि ४५ सदस्य रहने प्रावधानलाई फेरेर एक प्रतिनिधिसभा सदस्य बराबर प्रदेश सभा सदस्य दुईजना रहने सैद्धान्तिक सहमति चार दलवीच भएको छ ।
यसअघि नै प्रदेशहरुमा कुल सांसदको २० प्रतिशत मन्त्री बन्न पाउने व्यवस्था गरिएको छ । यसअनुसार अब प्रदेशहरुमा मन्त्रीको संख्या पनि एक सय नाघ्ने पक्कापक्की भएको छ ।
प्रस्तावित संविधानको मस्यौदामा प्रदेशसभा सदस्यको २० प्रतिशत मन्त्री हुने व्यवस्था छ । यसले मोटामोटी हिसाव गर्दा ८ बटा प्रदेशमा गर्दा मन्त्रीहरुको संख्या बढीमा १०० कट्नेछ ।

भिडियो हेर्न तल क्लिक गर्नुह्स :
30 Jun 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top