लताविरुद्ध बेंगलुरुमा एफआइआर पनि दर्ज भइसकेको छ । एफआइआरमा उनीमाथि अदालतमा फर्जी दस्तावेश पेश गरेको आरोप लगाइएको छ । कोच्चिाडियनको पोस्ट प्रोडक्सनका लागि उनले करिब १४ करोड ऋण लिएको प्रहरीको दाबी छ । यसका लागि उनले फर्जी दस्तावेस पेस गरेकी थिइन् ।
प्रहरीका अनुसार उनले वेलफेयर एसोसिएसन अफ इन्डिया र प्रेस क्लबको जाली लेटर हेड प्रयोग गरेकी थिइन् । उनले १४.९ करोड ऋणका लागि मिडियावन ग्लोबल एन्टरटेनमेन्ट लिमिटेडका लागि ग्यारेन्टी लिएकी थिइन् ।
लताका अनुसार उनले उक्त ऋण कोच्चाडियन चलचित्रको निर्माताहरुको सहयोगका लागि लिएकी थिइन् । प्रहरीका अनुसार प्रेस क्लबले पब्लिसर र ब्रोडकास्टर्स एसोसिएसन अफ इन्डियासँग उनीहरुको केही सम्बन्ध छैन र यो एसोसिएसन फर्जी हो ।
अदालतले यस एसोसिएसनको बारेमा जाँच गरेर रिपोर्ट लिन आदेश दिएको थियो । जाँचपछि प्रहरीले एसोसिएसन फर्जी रहेको पाएको छ ।
Post a Comment