मेलम्ची, असार २ – भूकम्पका कारण बस्तीमा पहिरो जान थालेपछि सिन्धुपाल्चोक जिल्लाको १८ गाउँका बासिन्दा विस्थापित भइसकेका छन् भने अझै वर्षासँगै थप पहिरो लाग्न थालेपछि जिल्लाका केही बस्ती सङ्कटमा परेका छन् । इलाका प्रहरी कार्यालय नवलपुरले गरेको सर्वेक्षणअनुसार जिल्लाको सिम्पालकाभ्रे, नवलपुर, कुन्चोक गाविसका १५४ घरधुरीका स्थानीय विस्थापित भएका छन् । अझै कतिपय विस्थापित हुने क्रममा रहेका छन् । सिम्पालकाभ्रे गाविसको ठूलो बसेरी, सानो बसेरी, ढाडे बसेरी गाउँका ११६ घरधुरी, नवलपुर गाविस कैदलेको १३ घरधुरी, कुन्चोक गाविसका झ्याडी खोलाको २५ घरधुरी विस्थापित भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक प्रह्लाद अधिकारीले बताए । विस्थापित हुने बस्तीका स्थानीय केही नवलपुर गाविसको भेडिचौरस्थित सामुदायिक जग्गामा बसेका छन् भने केही जिल्लाको सदरमुकाम चौतारा नगरपालिकास्थित पिपलडाँडामा बसिरहेका छन् । जिल्लाको सबै गाउँ भिरालो पाखामा भएको र भूकम्पको कम्पनले कमजोर बनाउँदा वर्षासँगै पहिरो जान थालेपछि बस्ती विस्थापित भएका हुन् । विस्थापित भएकालाई सुरक्षित स्थानमा पठाइसकेको र पहिरो बग्न सुरु गरेदेखि सुरक्षित स्थानमा स्थानीय बस्ती छाडेर गए पनि अझै कतिपय गाविस असुरक्षित हुन सक्ने अधिकारीको अनुमान छ । सिम्पालकाभ्रेको ४५ वर्षीय स्थानीय चन्द्रबहादुर तामाङ भन्छन्,“गाउँ माथि पूरै बस्ती चिरिएको छ, गाउँभरि धाँजा फाटेको छ, बस्न सक्ने स्थिति नै छैन । पहिरो जाने डरले गाउँका सबै अन्यन्त्र सरिसक्यौँ, अहिले पानी पर्न थालेकाले झन ठूलो पहिरो जाने प्रवल सम्भावना छ आश्रय दिनु प¥यो भन्दै समथर ठाउँ खोज्दै नवलपुरको सामुदायिक जग्गामा आइपुग्यौँ ।” उनले भने, “अब सरकारले हामीलाई सधैंका लागि बस्ने ठाउँ मिलाइ दिनु प¥यो ।” जिल्लाका अधिकांश विस्थापित हुनुमा भूकम्पपछिको पहिरो प्रमुख कारण रहेको पाइएको छ । रासस
Related Posts
- late King Birendra01 Jul 20150
Coming to the throne of Nepal at the age of 27 King Birendra (born 1945) sought to emphasize econo...Read more »
- ओ माई गड!!!! केटाहरु पनि के के सम्म गरेका होलान् केटिलाइ इम्प्रेस पार्न ! (हेर्नुपर्ने भिडियो)30 Jun 20150
In the video there are certain tricks that are sure to make anyone impress that either be a girl or ...Read more »
- काफल किन खाने, थाहा पाऔ यसका ९ फाइदा...30 Jun 20150
Bayberry is one of the famous hilly fruit which is mostly found in summer season. It has sour and sw...Read more »
- ४३ लाख किचन सामग्री खोइ ?30 Jun 20150
काठमाडौं, असार १६ । नेपालका प्रत्येक भूकम्पपीडित परिवारलाई पुग्नेगरी विभिन्न विदेशी संघ संस्था...Read more »
- यातायातका दुई कर्मचारी घुससहित पक्राउ30 Jun 20150
पोखरा, १५ असार । पोखरास्थित यातायात व्यवस्था कार्यालय गण्डकीका दुई कर्मचारीलाई घुससहित पक्राउ परेका ...Read more »
- अव नेपालमा ८०० भन्दा बढी सांसद, मन्त्रीहरुको संख्या १०० भन्दा धेरै !30 Jun 20150
काठमाडौँ । देश सानो भएपनि ठूलो सँख्यामा सभासद् देशले पालिरहेको छ । अव वन्ने नयाँ संविधानमा पनि...Read more »
Subscribe to:
Post Comments (Atom)
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.