काठमाडौं,असार ६ – अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीकै मिलेमतोमा मानव तस्करी हुने गरेको खुलासा भएको छ । भारत हुँदै अवैध रुपमा विभिन्न मुलुक जान लागेका आठ युवायुवतीलाई शुक्रबार विमानभित्रैबाट पक्राउ गरिएको छ । तस्करहरुसँग मिलेको आरोपमा केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले एक प्रहरी
जवानलाई पनि नियन्त्रणमा लिएको छ । भारत घुम्ने भन्दै जेट एयरबाट नयाँदिल्ली जान लागेका चार युवक र चार युवतीलाई प्रहरीले विमानभित्रैबाट नियन्त्रणमा लिएको हो । उनीहरु सुरुमा नागरिकता देखाएर विमानसम्म गएका थिए, पछि एक प्रहरी जवानले उनीहरुको सामान छुटेको भन्दै उड्ने तयारीमा रहेको विमानमा एक झोला लगेर कर्मचारीलाई दिएका थिए । झोलामा पासपोर्ट देखेपछि एयरलाइन्सका कर्मचारीले सिनियर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले आठजनालाई विमानबाट झारेर नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा सेटिङका आधारमा प्रहरी जवान ठाकुरप्रसाद घिमिरेले पासपोर्ट रहेको झोला विमानमा लगेर जेट एयरका कर्मचारीलाई दिएको खुलेको छ । भारत जान नेपालीलाई पासपोर्ट चाहिँदैन । भारत जान लागेका नागरिकसँग अन्य देश जान लागेको भिसा फेला पर्दा प्रहरीले रोक्नसक्ने भएकाले उनीहरु पासपोर्ट नलिई विमानमा गएका थिए, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Related Posts
- late King Birendra01 Jul 20150
Coming to the throne of Nepal at the age of 27 King Birendra (born 1945) sought to emphasize econo...Read more »
- ओ माई गड!!!! केटाहरु पनि के के सम्म गरेका होलान् केटिलाइ इम्प्रेस पार्न ! (हेर्नुपर्ने भिडियो)30 Jun 20150
In the video there are certain tricks that are sure to make anyone impress that either be a girl or ...Read more »
- काफल किन खाने, थाहा पाऔ यसका ९ फाइदा...30 Jun 20150
Bayberry is one of the famous hilly fruit which is mostly found in summer season. It has sour and sw...Read more »
- ४३ लाख किचन सामग्री खोइ ?30 Jun 20150
काठमाडौं, असार १६ । नेपालका प्रत्येक भूकम्पपीडित परिवारलाई पुग्नेगरी विभिन्न विदेशी संघ संस्था...Read more »
- यातायातका दुई कर्मचारी घुससहित पक्राउ30 Jun 20150
पोखरा, १५ असार । पोखरास्थित यातायात व्यवस्था कार्यालय गण्डकीका दुई कर्मचारीलाई घुससहित पक्राउ परेका ...Read more »
- अव नेपालमा ८०० भन्दा बढी सांसद, मन्त्रीहरुको संख्या १०० भन्दा धेरै !30 Jun 20150
काठमाडौँ । देश सानो भएपनि ठूलो सँख्यामा सभासद् देशले पालिरहेको छ । अव वन्ने नयाँ संविधानमा पनि...Read more »
Subscribe to:
Post Comments (Atom)
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.