सोही गुणस्तर र सोही आकारको त्रिपाल बानियाँ ट्रेडर्सबाट सोही मितिमा ६ रुपैयाँ ५० पैसाको दरले खरिद भएको छ । एउटै आकार, गुणस्तरको त्रिपाल दुई ठाउँबाट फरक फरक दरमा खरिद गरी अनिमियनता भएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ । बानियाँ ट्रेडर्सबाट सस्तोमा २५ हजार थान र ग्यालेक्सीबाट महंगोमा १ लाख ५० हजार थान त्रिपाल खरिद गरिएको छ ।
यसबीच सहरी विकास मन्त्री नारायण खड्काले सार्वजनिक लेखा समितिमा आफन्तलाई त्रिपाल बेलका बाँडिएको बयान दिएका छन् । उनको बयान यस्तो छः ‘मन्त्री, कर्मचारुका आप्mना बाध्यता छन् । मन्त्रीका पिए, आफन्त छन् । आफ्नालाई बेलुका त्रिपाल बाँडिएको हो । दिनभर त व्यस्त भइन्थ्यो । तर, निर्णय गराएर मात्रै आफन्तलाई त्रिपाल बाँडिएको छ । जसरी संसद भवनमा सभासद्का लागि निर्णय गराएर त्रिपाल बाँडियो ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Post a Comment