काठमाडौं, १५ असार । भूकम्पपछि सुनको भाउमा निरन्तर गिरावट आएको छ । मंगलबार छापावाल सुन तोलाको ५१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
मंगलबार सुनको भाउ तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य भने ५१ हजार १ सय ५० रुपैयाँमा पुगेको छ । सोमबार छापावाल सुन तोलाको ५१ हजार ७ सय र तेजाबी सुन तोलाको ५१ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउमा पनि गिरावट आएको छ । चाँदी प्रति तोलामा ५ रुपैयाँ घटेर मंगलबार ६ सय ८५ रुपैयाँमा  कारोवार भैरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य प्रति तोला ६ सय ९० रुपैयाँ थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुह्स :
30 Jun 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top