मलेसिया, जेठ ३० – मलेसियामा एक नेपालीको सुतेकै ठाउँमा ज्यान गएको छ । वैदेशिक रोजगारीको शिलशिलामा मलेसियाको जोहोरबारुमा आएका बाग्लुङका चित्रबहादुर थापाको सुतेकै ठाउँमा ज्यान गएको उहाँका साथीले जानकारी दिएका छन् ।
जोहारबारु स्थित एमि कम्पनीमा कार्यरत थापा शनिबार बिहान ओछ्यानमै मृत अवस्थामा भेटिनुभएको थियो । बाग्लुङको बडाचौरका थापा गएको चार वर्षदेखि मलेसियामा कार्यरत हुनुहुन्थ्यो । थापाको शव अहिले स्थानीय अस्पतालमा राखिएको छ । आवश्यक प्रक्रिया पुरा भएपछि थापाको शव नेपाल पठाउने कम्पनीले जनाएको छ । उजायलो अनलाइनबाट
Subscribe to:
Post Comments (Atom)
Post a Comment