काठमाडौं, ३ असार । नेपाल प्रहरीले भर्खरै आफ्ना पाँच जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ ।
नियमित सरुवा कार्यक्रम अनुसार प्रहरी प्रधान कार्यालयले बुधबार पाँच जना एसएसपीको सरुवा गरेको हो । जसमा मुख्य मानिएको राजधानीको महानगरीय अपराध महाशाखा हनुमान ढोका हो । महाशाखा प्रमुख एसएसपी पुष्कर कार्की शान्ति सेनाको मिसनमा विदेशतिर जाने तयारीमा विदामा बसेपछि उक्त पद खाली भएको थियो । जसको जिम्मेवारी प्रहरी प्रधान कार्यालयले चर्चित एसएसपी सर्वेन्द्र खनाललाई दिइसकेको छ । तर अपराध जगतमा नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेल पनि हुन् । काठमाडौं प्रमुख हुँदा समेत जिम्मेवारी सफलतापूर्वक निभाएका एसएसपी खरेललाई किन अपराध महाशाखा ल्याईएन् ? यो प्रश्न सबैको चासोको विषय बनेको छ ।
अपराधको दुनियाँलाई समाप्त पार्न सक्ने शक्ति र हैसियत भएका खरेललाई अहिले भरतपुर तालिम केन्द्रमा थन्क्याइएको छ । जहाँ उनले आफू मातहतका प्रहरी जवानदेखि अधिकारीसम्मलाई तालिम मात्रै दिने गर्छन् ।
अपराधको अखडा समाप्त पार्न थालेपछि केही नेताको पावरमा उनलाई तालिम केन्द्रमा सरुवा गरियो । जुन आम जनताको चाहना विपरित थियो । तर अहिलेको सरुवामा जनताले फेरि रमेश खरेल काठमाडौं पुग्ने आशा राखेका थिए, त्यो निराशामा परिणत भइसकेको छ ।
यस विषयमा नेपाल प्रहरीका प्रवक्ता डिआईजी कमलसिंह बमलाई रमेश खरेल किन सरुवामा परेनन ? भन्ने प्रश्न सोध्दा उनले भने-‘संगठनले आवश्यकता र समय अनुसार सरुवा गर्छ, उहाँ अहिले जहाँ हुनुहुन्छ त्यहीको जिम्मेवारी पूरा गर्दैहुनुहुन्छ, त्यसैले सरुवा नै गरेन भन्न मिल्दैन ।’
उहाँले व्यक्तिको अनुभवमा पनि सरुवा बढुवाको प्रक्रिया अघि बढ्ने भनाई राख्नुभयो । प्रवक्ता बमले त्यसो भनेपनि उहाँलाई संगठनका कतिपय अफिसर तथा राजनीतिक दलका नेताले मन पराउँदैनन् ।
काठमाडौं प्रमुख हुँदा खरेलले धेरै राजनीतिक नेतृत्वसँग जोडिएका अपराधिलाई खोरमा हालेका थिए । जसका कारण उनको सरुवा तालिम केन्द्रमा भएको बताईन्छ ।
Related Posts
- late King Birendra01 Jul 20150
Coming to the throne of Nepal at the age of 27 King Birendra (born 1945) sought to emphasize econo...Read more »
- ओ माई गड!!!! केटाहरु पनि के के सम्म गरेका होलान् केटिलाइ इम्प्रेस पार्न ! (हेर्नुपर्ने भिडियो)30 Jun 20150
In the video there are certain tricks that are sure to make anyone impress that either be a girl or ...Read more »
- काफल किन खाने, थाहा पाऔ यसका ९ फाइदा...30 Jun 20150
Bayberry is one of the famous hilly fruit which is mostly found in summer season. It has sour and sw...Read more »
- ४३ लाख किचन सामग्री खोइ ?30 Jun 20150
काठमाडौं, असार १६ । नेपालका प्रत्येक भूकम्पपीडित परिवारलाई पुग्नेगरी विभिन्न विदेशी संघ संस्था...Read more »
- यातायातका दुई कर्मचारी घुससहित पक्राउ30 Jun 20150
पोखरा, १५ असार । पोखरास्थित यातायात व्यवस्था कार्यालय गण्डकीका दुई कर्मचारीलाई घुससहित पक्राउ परेका ...Read more »
- अव नेपालमा ८०० भन्दा बढी सांसद, मन्त्रीहरुको संख्या १०० भन्दा धेरै !30 Jun 20150
काठमाडौँ । देश सानो भएपनि ठूलो सँख्यामा सभासद् देशले पालिरहेको छ । अव वन्ने नयाँ संविधानमा पनि...Read more »
Subscribe to:
Post Comments (Atom)
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.