काठमाडौं, ४ असार । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले भूकम्प आउनुभन्दा १० देखि २२ सकेन्डअघि नै जानकारी दिने प्रविधि जडान गरेको छ ।

चीन सरकारको अनुदान सहयोगमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पुर्‍याउन मोबाइल एप, एफएम रेडियो, अस्पताल तथा सार्वजनिक ठाउँमा साइरन प्रयोग गरिनेछ ।

नास्टले बिहीबार खुमलटारमा मुख्य सिस्टम जडान गरेको छ । नास्टका उपकुलपति प्राध्यापक डा। जीवराज पोखरेलका अनुसार भूकम्प आउनुअघि जानकारी दिने यो प्रणाली नेपालमै पहिलो पटक ल्याइएको हो ।

‘सुरुमा चिनियाँ सहयोगका ८० सेन्सर राखेर काम सुरु हुनेछ, देशभर राखन ३२० सेन्सर चाहिन्छन्, जुन नास्टले नै किन्नपुपर्नेछ’, उनले भने । आजको कारोबार दैनिकमा खबर छ ।
18 Jun 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top