लक्ष्मी खड्का मोरङ, असार ४ – एसएलसी परीक्षामा अनुत्तिर्ण भएपछि एक किशोरीले आत्महत्या गरेकी छन् । मोरङ उर्लाबारी–७ की १७ वर्षीया लक्ष्मी खड्काले शुक्रबार साँझ झुण्डिएर आत्महत्या गरेकी हुन् । फेल भएको खबर पाएपछि उनले आफ्नै घरमा झुण्डिएर आत्मत्या गरेकी हुन् । विज्ञान विषयमा अनुत्तिर्ण भएकी खड्का सुनपकुवा उच्च माविबाट एसएलसी परीक्षा दिएकी थिइन् । डेढ वर्ष अघि उनका बाबुले पनि यसरी नै झुण्डिएर आत्महत्या गरेका थिए । हजुरआमासँगै बस्दै आएकी खड्काकी आमा रोजगारको लागि विदेशमा छिन् । प्रहरी कार्यालयका अनुसार उनको शव अहिले पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र लगिएको जानकारी दिएको छ ।

19 Jun 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top